• शुक्रबार, भाद्र २६ २०८३

फोनपेले पायो ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्ड


आइतबार, भाद्र १९ २०७९
705
Shares

फोनपे पेमेन्ट सर्भिस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ।

भिसा लिडरसीप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो। 

कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरूलाई सम्मान गरिएको थियो।

भिसाका लागि नेपाल प्रमुखले सहजीकरण गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिती रहेको थियो।

फोनपेका अनुसार फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। 

त्यस्तै, फोनपेमार्फत अन्तर बैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिने बताइएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार