गोरखा । प्रभु बैंकले गोरखा नगरपालिकालाई ५० हजार बराबरको खाध्यान्न सहयोग गरेको छ ।
बैंकको गोरखा बजार र छेवेटार शाखाले नगरपालिकाको ‘फुड बैंक’ मार्फत दैनिक गुजारा चलाउन मुस्किल परेका नागरिकको सहयोगका लागि सो रकम बराबरको खाध्यान्न दिएको हो ।
बैंकले २५ बोरा चामल, चार प्याक तेल र चार बोरा दाल सहयोग गरेको बैंकका गोरखा शाखा प्रबन्धक सन्तोष अर्यालले बताए ।
सामाजिक उत्तरदायित्व अन्र्तगत बैंक रहेको स्थानीय तहका लागि उक्त सहयोग गरेको उनले जानकारी दिए ।
अर्यालले शुक्रबार नगरप्रमुख राजनराज पन्तलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।