

गोरखा । ९ औं राष्ट्रिय खेलकुद छनाैट अन्तर्गत पाेखरामा जारी प्रदेश स्तरीय प्रतियाेगितामा गोरखाले हालसम्म १३ खेलमा स्वर्ण पदक जितेकाे छ ।
कराँते, रग्बी, बिभिन्न दुरीका दाैड, डिस्कस थ्राे, सर्टकाेट, उस्सु, स्क्वास र जुडाे खेलमा गरी गोरखाले १३ स्वर्ण जितेकाे जिल्ला खेलकुद विकास समिती गोरखाका अध्यक्ष शान्तसिं बस्न्यातले सिभिलखबरलाई जानकारी दिए ।



कराँते तर्फ बुद्ध लामाले २ स्वर्ण र सक्षम लामाले १ स्वर्ण प्राप्त गरेकाे उनले बताए । त्यस्तै १५ सय, ५ किलाेमिटर र १० किलाेमिटर खुला दाैडमा समेत गोरखाले स्वर्ण पदक जितेकाे बस्न्यातकाे भनाई छ ।
खुल्ला तर्फ १७ खेलमा प्रतिस्पर्धा गरिरहेकाे गोरखाले हालसम्म ३५ रजत र १६ कास्य पदक समेत प्राप्त गरिसकेकाे जनाएकाे छ । प्रतियाेगिगता पाेखरमा सञ्चालन भइरहेकाे छ ।



नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ ।
यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।



मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।
हाल छनाैट प्रतियाेगितामा स्वर्ण पदक विजेता तथा अन्य खेलमा समेत उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियाेगितामा सहभागी गराइने अध्यक्ष बस्न्यातले बताए ।


