• सोमबार, साउन २५ २०८३

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै


शुक्रबार, भाद्र १७ २०७९
880
Shares

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए। ‘बोर्ड बैठकले कक्षा १२ को नजिता प्रकाशन गर्ने निर्णय गर्‍यो भने नतिजा प्रकाशन गर्छौं,’ उनले भने।

कक्षा १२ को नजिता प्रकाशनका लागि रूजुलगायत काम भइरहेका थिए। 

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो।

यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार