• आइतबार, साउन १० २०८३

लकडाउन प्रभाव : टिकटक डाउनलोड गर्नेको संख्या बढ्यो


शनिबार, बैशाख ६ २०७७
2K
Shares

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड एन्ड्रोयडमा मात्र १ अर्ब नाघेको छ । लकडाउनका बेला टिकटक डाउनलाेड गर्नेकाे संख्या बढेकाे ह्वात्तै बढेकाे एक अध्ययनले देखाएकाे छ ।

नेपालमा पनि निकै लोकप्रिय टिकटक अहिले भने गूगल प्ले स्टोरमा मात्रै १ अर्ब डाउनलोड भएको हो ।

कोरोनाभाइरसको प्रकोप बढ्दा पछिल्लो दिनमा टिकटकको प्रयोग निकै बढेको छ । जसले गर्दा यसको डाउनलोड पनि दिनप्रतिदिन बढिरहेको छ ।

गूगल प्ले स्टोरको डाटा आएपनि एप्पलको एप स्टोरमा कति डाउनलोड पुगेको छ भन्ने जानकारी बाहिर आएको छैन् । तर हाल इन्टरटेनमेन्ट एप्सको सूचीमा टिकटक चौथो स्थानमा छ ।

टिकटकले यसअघि ह्वाट्सएप र फेसबुकको डाउनलोडलाई पनि पछि पार्दै विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार