• शुक्रबार, भाद्र २६ २०८३

यूएई संसद्‌का उपाध्यक्ष यामाही नेपाल भ्रमणमा


शुक्रबार, भाद्र १७ २०७९
715
Shares

संयुक्त अरब इमिरेट्स (यूएई) संसद्‌का उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आएका छन् ।

मुस्लिम आयोगको निमन्त्राणामा आएका यामाहीलाई शुक्रबाहर बिहान नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यामाही दुई महिनापछि अरब मुलुकका २२ देश सदस्य रहेको अरब लिगको महासचिव नियुक्त हुँदैछन् । अरब लिगको सचिवालय इजिप्टमा रहेको छ ।

यामाहीले दुईदिने नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतसँग भेट्नेछन् । यामाही आइतबार स्वदेश फर्कनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार