• सोमबार, साउन ११ २०८३

कोरोना संक्रमण बढेपछि चीनमा पुनः लकडाउन


शुक्रबार, भाद्र १७ २०७९
670
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

कोरोना संक्रमण बढेपछि चीनको छङ्तु शहरमा बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ।

त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ। छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन्।

साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक अन्य गतिविधि बन्द गरिएको छ।

छङ्तुमा बिहिबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कोभिड शून्य सहनशिलताको नीति लिएको चीन सरकारले सामूहिक परीक्षणलाई पुनः गति दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार