• शुक्रबार, भाद्र २६ २०८३

बन्दिपुरमा आज सडक फूड फेस्टिवल एवं सांस्कृतिक कार्यक्रम हुने


शुक्रबार, भाद्र १७ २०७९
735
Shares

तनहुँ। रेष्टुरेण्ड एण्ड वार एसोसियसन (रेवान) बन्दिपुरले बन्दिपुरमा आएका पाहुनाहरुलाई आतिथ्यता प्रदान आज भदौ १७ गते शुक्रबार एकदिने सडक फूड फेस्टिवल एवं सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

बिहिबार बन्दिपुरमा पत्रकार सम्मेलन गर्दै पर्यटकहरुलाई अझै आकर्षण थप्न र उनीहरुको बसाइ रंगीन बनाउन फूड फेस्टिवल आयोजना गरिएको रेवान बन्दिपुरका अध्यक्ष जितेन्द्र लाल भुमीले बताए ।

‘सडकमै खाऊँ, सडकमै रमाऊँ’भन्ने नारालाई आत्मसात् गर्दै सो कार्यक्रम गरिएको भुमीले बताए ।

पर्यटकीय नगरी बन्दिपुरलाई लक्षित गरी सडक फूड फेस्टिवल एवं सांस्कृतिक कार्यक्रम सहित पदस्थापना तथा कार्यलय उद्धघाटन समेत हुने बताइएको छ।

कोभिडका कारण सुस्ताउदै आएका कारण पर्यटकको बसाइलाई स्मरणयोग्य बनाउन र उनीहरुबाट सकारात्मक सन्देश प्रवाहित होस् भन्ने हेतुले रेवान बन्दिपुर सक्रियरुपमा लागिपरेको उपाध्यक्ष उत्सव सापकोटाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार