गोरखा । आगामी अजोज ३ गतेदेखि पालुङटारमा महोत्सव हुने भएको छ । असाेज ३ देखि ११ गतेसम्म ठाँटीपाेखरी बजारमा दोस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको हाे ।
लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको आज बिहिबार पत्रकार सम्मेलन मार्फत आयाेजकले जानकारी गराएकाे हाे ।
विभिन्न क्षेत्रकाे विकासकाे सम्भावना र इतिहास बाेकेकाे पालुङ्टारलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्ने उदेश्यले महाेत्सव गर्न लागिएकाे संघका अध्यक्ष मानबहादुर आलेले जानकारी दिए ।

त्यससंगै यस क्षेत्रमा उत्पादन हुने कृषिजन्य सामाग्रीकाे विक्रि वितरणका र प्रदर्शनी साथै प्रचारलाई समेत महाेत्सवले टेवा पुर्याउने आयाेजककाे विश्वास छ । त्यस्तै महाेत्सवले यस क्षेत्रकाे पर्यटन विकासमा समेत थप मद्धत पुग्ने अध्यक्ष आले बताउछन् ।
करिब एक सय स्टल रहने महाेत्सवमा स्थानीय कृषक तथा कृषि प्रदर्शनीलाई निशुल्क स्टल उपलब्ध गराउने आयाेजकले तयारी गरेकाे अध्यक्ष आलेकाे भनाई छ । कृषि उत्पादनका स्टलहरुमा स्थानीय उत्पादन, खसी, बाेका, च्याङग्रा, कुखुरा, तरकारी लगायतका बस्तुहरु प्रदर्शनी र विक्रिका लागि राखिने उनले बताए ।
करिब ७० हजार दर्शकले अवाेलाेकन गर्ने अनुमान गरिएकाे मेलामा स्थानीय ब्यापारीहरुलाई नै प्राथमिकता दिइने बताइएकाे छ ।
दशैं तिहारका अवसरमा आयाेजना गर्न लागिएकाे महाेत्सवबाट नाफा भएकाे रकमले लिगलिग पालुङटार उधाेग बाणिज्य संघकाे भवन निर्माणका लागि जग्गा खरिद गर्ने लक्ष्य रहेकाे अध्यक्ष आले बताउछन् ।


महोत्सवमा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रिय स्तरका बिभिन्न क्षेत्रका कलाकारकाे प्रस्तुती, साँस्कृतीक कार्यक्रम, नगर स्तरीय लोकदोहोरी प्रतियोगिता, बाल उद्यान, सस्ताे बजार लगायत आकर्षण रहने संघका बरिष्ठ उपाध्यक्ष सुरज श्रेष्ठले बताए ।
महोत्सव सञ्चालन तथा ब्यवस्थापनका लागि भन्दै संघले मुल आयाेजक समितीसहित विभिन्न २४ वटा उपसमिति समेत निर्माण गरी तयारीकाे काम सुरु भइसकेकाे श्रेष्ठकाे भनाई छ ।
६५ लाख रुपैया भन्दा बढी आर्थिक काराेबार गर्ने लक्ष्य राखिएकाे मेला हेर्न गोरखाकाे पालुङ्टारसहित सिरानचाेक, अजिरकाेट, गोरखा नगरपालिका लगायत तनहुँ, लमजुङ्ग, कास्की, चितवन लगायतका स्थानबाट दर्शक आउने आयाेजककाे अपेक्षा छ ।
केहि बर्षअघि पहिलाे पटक महाेत्सव गरेपनि कोभिड १९ काे जाेखिमका कारण ३ बर्षयता महोत्सव संचालन गर्न नसकिएको र अहिले कोभिड महामारीको अवस्था सामान्य भएसँगै मेला आयोजना गरिएको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।
