• सोमबार, साउन २५ २०८३

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ हुनुपर्ने माग गर्दै बुझाइयो ज्ञापन पत्र


बिहिबार, भाद्र १६ २०७९
930
Shares

गोरखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गोरखाले नेपाल पत्रकार महासंघ ( तत्कालिन नेपाल पत्रकार संघ ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग गर्दै महासंघ केन्द्रिय कार्यसमितिले ज्ञापन पत्र बुझाएको छ ।

फोनिज गोरखा शाखाका अध्यक्ष सुशिलबाबु श्रेष्ठले नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा मार्फत महासंघको केन्द्रिय कार्य समितिलाई ज्ञापन पत्र बुझाएको हो ।
पत्रकार महासंघको दस्तावेजहरुमा कृष्ण प्रसाद भट्टराई संस्थापक अध्यक्ष भन्दै उल्लेख गरिएको प्रति (फोनिज)ले गम्भीर आपत्ती जनाउदै विभिन्न तथ्य र प्रमाणका आधारमा महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ भएको दावी गर्दै ति गलत विवरणलाई सच्याउन माग गरेको छ ।

‘बि स २००८ बैशाख ९ गतेको पत्रकार भेलाले सत्य नारायण बहादुर श्रेष्ठ को नेतृत्वमा ‘नेपाल पत्रकार संघ ’ गरेको थियो ।’ ‘ २००९ बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार सधं गठन भयो ।’ थप पत्रकारलाई सघंमा संगठित गर्ने उद्श्यसाथ सधंको पुनर्गठन गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल पत्रकार महासघंले अकाट्य तथ्यहरुलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दैआएको छ । महासघंको यो यो कदमले नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिजले गम्भीर बिमति राख्दै आएको ज्ञापनपत्रमा उल्लेख छ ।

२०१२ चैत १६ गते नेपालपत्रकार सघं पुर्नगठित हुदा कृष्ण प्रसाद उपाध्याय भटराई सभापति बनेको तथ्य साचो रहेको र भटराईको योगदानको फोनिज सबैलाई उच्च कदर गर्नुपर्ने, आदर प्रकट गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । फोनिज समन्याकि समाज निर्माण मान्यताबाट अग्रसर छ । तसर्थ, सन्त नेता भट्टराईको सामाजिक , राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस भन्ने कुरामा हाम्रो विमति छैन ।

तर, तथ्यहरुले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहून्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृण्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइ, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारहरलाई संगठिन गर्ने सत्यनारायण बहादुर श्रेष्ठको योगदानको अवमुल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो’ ज्ञापन पत्रमा भनिएको छ । प्राप्त तथ्य र प्रमाणहरुका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठनै हुनुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।

No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार