• सोमबार, साउन २५ २०८३

नारायणगढ- मुग्लिन सडकखण्ड : तीन बजेसम्म पहिरो पन्छाउने गरी काम हुँदै


बिहिबार, भाद्र १६ २०७९
690
Shares

चितवन। निरन्तर वर्षात्सँगै ठाउँ-ठाउँमा  खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ ।

सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन् ।

भरतपुर डिभिजन सडक कार्यालयका इञ्जीनियर सागर कार्कीका अनुसार  मौरीपुल बाहेकका पहिरो पन्छाइसकिएको छ । मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ ।

सो ठाउँमा ६० मिटर सडक पहिराले ढाकिएकामा  आठ मिटर चौडा र पाँच मिटर अग्लो पहिरो पन्छाउने काम भइरहेको छ । अठार किलोमा २० मिटर लामो ११ मिटर चौडा र एक दशमलव पाँच मिटर सडक पहिराले ढाकेको थियो ।

बिहान ५ः५० बजेदेखि  सडक अवरुद्ध भएका कारण धेरै सवारीसाधन जाममा परेका छन् । वर्षात्को समयमा बारम्बार पहिरो खस्दा यो सडक हुँदै यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन् । सडक खुलेपछि पनि राति अबेरसम्म सवारी साधन जाम हुने गर्दछ ।

तस्बिर : राेशन राना मगर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार