• शनिबार, साउन ९ २०८३

मिर्गौलाका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा


शनिबार, बैशाख ६ २०७७
1.2K
Shares

काठमाडौं । नियमित डायलासिस गर्नुपर्ने मिर्गौलाका बिरामीले लकडाउनका समयमा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।

काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्सले मिर्गौलाका डायलासिस गराउने बिरामीसँगै क्यान्सर र अन्य दीर्घ रोगका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न लागेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार, यस्तो सेवा प्रवाहका लागि ११८० को छुट्टै टेलिफोन व्यवस्था गरिएको छ । यो नम्बरमा मिर्गौला तथा दीर्घ रोगीले एम्बुलेन्सका लागि आग्रह गरेमा काठमाडौं महानगरपालिकाले तत्काल सेवा उपलब्ध गराउने छ ।

त्यस्तै, कोरोना संक्रमित बिरामीको हकमा पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । यस्ता बिरामीले १०२ मा सम्पर्क गरेर एम्बुलेन्स सेवा लिनसक्ने प्रशासनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार