• सोमबार, साउन २५ २०८३

गोरखाका क्रसरहरु अनुगमन गर्न समन्वयले बनायो समिति


बिहिबार, भाद्र १६ २०७९
1.3K
Shares

गोरखा । जिल्ला भित्र सञ्चालित क्रसरलाई ब्यवस्थित गर्ने उद्वेश्यले जिल्ला समन्वय समिति गोरखाले अनुगमन समिति बनाएको छ ।

जिल्लाको अधिकांश क्रसर उधोग अबैध रुपमा चलेको भनि गुनासो आइरहेको ले बुधबार ढुङ्का, गिटी, बालुवा अनुगमन समितिको बैठकले जिल्ला भित्रका सञ्चालित सबै क्रसरलाई अनुगमन गर्ने निर्णय गरेको हो । समन्वय समितिका अधिकारी नानीबावु पोखरेलको संयोजकत्वमा ५ सदस्य अनुगमन समिति निर्माण गरेको हो ।

समितिका अन्य पदाधिकारीहरुमा पूर्वाधार बिकास कार्यायल, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धीत पालिकाको प्रतिनिधी रहने गरी समितिको निर्माण गरिएको संयोजक पोखरेलले बताए ।

बैठकले अबको १ महिना भित्रै जिल्ला भित्र सञ्चालित क्रसरको समितिले अध्ययन गर्ने निर्णय भएको पोखरेलले बताए । उक्त समितिले क्रसर उधोगहरु मापदण्ड अनुरुप भएनभएको , बिधि बिधान अनुसार बैधानिक ढङ्गले चले नचलेको बारेमा अध्यन गरी जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरलाई प्रतिबेदन बुझाउने छ ।

स्थानिय तहहरुले नदिजन्य पदार्थको उत्खनन् र प्रशोघनलाई व्यबस्थित गर्नन नसक्दा गैर कानुनी गतिविधि बढेको छन् । जसले गर्दा प्राकृतिक साधन स्रोतमा क्षति समेत भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार