• सोमबार, साउन २५ २०८३

गोरखाकी एक युवती अबैध लागू औषधसहित पक्राउ


बुधबार, भाद्र १५ २०७९
730
Shares

गोरखा । गोरखाकी एक युवती अबैध लागू औषध सहित पक्राउ परेकी छिन् ।

काठमाण्डौ स्थित सामखुशीमा फार्मेसी सञ्चालन गर्दै आएकी गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा घर भएकी २९ बर्षकी सुस्मा थापालाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

नेपालमा नियन्त्रित तथा प्रतिबन्धित गरिएका औषधी कारोवार भइरहेको सूचनाका आधारमा निगरानी राखी खोजतलास गर्दा अबैध लागू औषध सहित थापालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी थापालाई थप अनसुन्धानका लागि औषधी व्यवस्था बिभाग बिजुली बजारकामा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार