• सोमबार, साउन २५ २०८३

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?


बुधबार, भाद्र १५ २०७९
615
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ३६ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३४ पैसा र बिक्रीमा २८ रुपैयाँ ४७ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ ८८ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ८३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ४ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार