• सोमबार, साउन २५ २०८३

घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? 


बुधबार, भाद्र १५ २०७९
740
Shares

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार