गोरखा । गोरखा नगरपालिका वडा नम्बर १३ मा तीज गित प्रतियाेगिता सम्पन्न भएकाे छ । वडा कार्यालयकाे आयाेजनामा हिजाे तीजकाे प्रतियाेगिता भएकाे हाे ।
वडाध्यक्ष मित्रा परियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गोरखा नगरपालिकाका निवर्तमान उपमेयर विनाकुमारी श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । वडाभित्रका ७ महिला समुहकाे सहभागिता रहेकाे प्रतियाेगीतामा सत्यदेवी महिला समुह सिम्लेफाँट पहिलाे बनेकाे छ ।
हिंशा न्यूनिकरणका लागि तीज गित मार्फत सचेतना फैलाउने उदेश्यले भएकाे प्रतियाेगितामा पशुपति महिला समुह पसैथाेक दाेस्राे र गोरखकाली महिला समुह मनमस्था तेस्राे बनेकाे वडा कार्यालयले जनाएकाे छ ।

प्रतियाेगितामा विजयी समुहलाई क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार प्रदान गरिएकाे वडाध्यक्ष परियारले जानकारी दिइन् । त्यस्तै कार्यक्रममा उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने दिपा खनाललाई २ हजार नगद पुरस्कार प्रदान गरिएकाे उनले बताइन् ।
प्रतियाेगितामा सहभागि अन्य ४ समुहलाई समेत नगद २ हजार सम्मान स्वरुप नगद प्रदान गरिएकाे बताइएकाे छ ।