• सोमबार, साउन २५ २०८३

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि खुल्यो


बुधबार, भाद्र १५ २०७९
660
Shares

चितवन । पहिरोले अवरुद्ध भएको ६ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिका वडा नं. २९ केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।

गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजे पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन्।

सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार