
गोरखा । आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् ।
गोरखामा पनि माथिल्लो गोरखा दरबार, रानिपोखरी नजिकैको कृणमन्दिर लगाएतका जिल्लाका बिभिन्न धार्मिक स्थलहरुमा पूजा आराधना र नाचगानका लागि महिलाहरुको भिड लागेको छ ।
भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन जिल्लाका विभिन्न धार्मिक स्थलमा महिलाहरूको भिड लागेको हो । रातो सारी र गहनाले सजिएका महिलाहरू बिहानैदेखि धार्मिक स्थलहरुमा पूजा गर्न लाइनमा बसेका छन् ।
गोरखा सदरमुकाममा पनि मन्दिर नजिकै महिलाहरू समूह–समूहमा नाचगान गरेर पनि रमाइरहेका छन् । कोही फोटो र भिडियो लिन व्यस्त छन् ।
हेर्नुहोस तस्बिरहरु :








तस्बिर : सुदिप श्रेष्ठ/ सिभिलखबर


