• सोमबार, साउन २५ २०८३

गण्डकीमा नवौं राष्ट्रिय खेलकुदका लागि ३३ खेलस्थल टुङ्गियो


मंगलबार, भाद्र १४ २०७९
865
Shares

आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि ३३ वटा खेलको खेल स्थल टुंगो लगाएको छ ।

सोमबार प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति उपसमिति संयोजक राजेश कुमार गुरुङले यस्तो बताएका हुन् ।

उनले प्रतियोगितामा समावेश विभिन्न ३३ वटा खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुंगो लगाइसकेको जानकारी दिए । उनले भने, ‘हामीले हालसम्म नवौं राष्ट्रिय प्रतियोगिताका ३३ वटा खेलको खेलस्थल र अभ्यास मैदानको टुंगो लगाएका छौं । यसमा सदस्य सचिव, टेक्निकल टोली सहित खेल पदाधीकारी बसेर केही दिनमै सार्वजनिक गर्नेछौं ।’

प्याराग्लार्ङडिङका लागि कास्की सहित स्याङ्जा, तनहुँ लगायतका जिल्लामा सम्भावित ‘स्पट’को अवलोकन गरिसकेका उनले घुमाउरो पारामा प्रतियोगिता पोखरामा नै सञ्चालन हुने संकेत गरे । उनले खेलस्थलको औपचारिक जानकारी भने केही दिनमा पत्रकार सम्मेलनमार्फत दिने बताए ।

उनले प्रतियोगिता सञ्चालका लागि उक्त स्पटमा विभिन्न पूर्वाधारहरुको आवश्यकता रहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडी, प्याग्लाईडिङ प्रशिक्षक योगेश भट्टराईलाई आग्रह गरे ।

३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई प्रदेशका ११ वटै जिल्लाको अपन्त्व रहनेगरि सञ्चालनका लागि तयारीलाई अन्तिम चरणमा पुर्याइएको गुरुङले बताए । यद्यपी विभिन्न जिल्लामा खेल पुर्वाधार र प्राविधिक अवरोधका कारण प्रतियोगिताका अधिकांश खेल प्रदेश राजधानी पोखरा केन्द्रित हुन सक्न गुरुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार