• सोमबार, साउन २५ २०८३

गोरखा नगर र रश्माेर बराे काउन्सिलवीच विकास साझेदारी हुने


सोमबार, भाद्र १३ २०७९
1.1K
Shares

गोरखा । गोरखा नगरपालिका र बेलायतकाे रश्माेर बराे काउन्सिलवीच बिभिन्न क्षेत्रकाे विकासमा साझेदारी हुने सहमती भएकाे छ । केहि बर्षअघि भगेनी सम्बन्ध गाँसेकाे रश्माेरसंग गोरखा नगरपालिकाले विकासमा साझेदारी गर्ने भएकाे हाे ।

रश्माेरकाे डेपुटी लिडर सहित पाँचदिने भ्रमणका लागि गोरखा आएको टोलीलाई सोमबार बिदाई गर्ने क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा शिक्षा, स्वास्थ्य र पुर्वाधार क्षेत्रमा सहकार्य गर्ने दुवै पालिकाले संयुक्त घोषणा गरेका हुन्।

काउन्सिलका प्रतिनिधीहरुकाे भ्रमणले फलदायी भएकाे गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाले बताएका छन् । ‘यहाँको इतिहास, भूगोल, शिक्षा, स्वास्थ्य र विकासमा सहकार्य गर्ने बारेमा हामीबीच छलफल र सहमती भएको छ।’ उनले भने ।

त्यस्तै रश्मोरमा भएको अभ्यासबाट यहाँ सिक्न र सहयोग गर्न सक्ने ठाउँहरुमा संघसंस्थालाई जोड्ने गरी वातावरण सिर्जना गरिने काउन्सिलर जिब बेल्बासेले बताएका छन् ।

पाँचदिने गोरखा भ्रमणका लागि आएको बेलायतको टोलीले गोरखा संग्रहालय, गोरखा दरबार, भिमसेन पार्क, सौराहा भ्रमण गरेका थिए। रश्मोर बरोको प्रतिनिधिमन्डलमा डेपुटी काउन्सिल लिडर मरिस सिहान, काउन्सिलर जीव बेल्वासे,डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्ड्र क्लोभरका,अमृता बेल्वासे र इज्जी सिहान सहभागी थिए।  

रश्माेरसंग गोरखा नगरपालिकाले सन् २०२० जनवरीमा तत्कालिन मेयर राजनराज पन्तसहितकाे टाेली बेलायत भ्रमणका बेला भगिनी सम्बन्ध जाेडिएकाे थियाे। कोभिड प्रभावका समयमा रश्मोरले गोरखा नगरपालिका मार्फत ८० लाखको स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

नगरपालिकाले तय गरेको विभिन्न कार्यक्रममा सहभागी भएर उनीहरु गोरखाबाट सोमबार फर्किएका छन् । तर उनिहरु केहिदिन काठमाण्डाैमा बसेर बेलायत फर्कने कार्यक्रम रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार