• शुक्रबार, भाद्र २६ २०८३

चुनावका लागि एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्दै सरकार


सोमबार, भाद्र १३ २०७९
625
Shares

सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ।

आगामी निर्वाचनको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। सो संख्यामा भर्ना गर्न अर्थले बजेट छुट्याएको हो। 

अर्थले स्‍वीकृति दिएसँगै भर्ना खोल्ने तथा छनोटको प्रक्रिया अगाडि बढाइने उनले बताए। म्यादी प्रहरी कम्तीमा पनि ४० दिनको लागि भर्ना खुल्नेछ।

यसअघि वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको लागि एक लाख म्यादी प्रहरी भर्ना लिएको थियो। उनीहरूलाई ४५ दिनको लागि भर्ना गरिएको थियो।

अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुन लागेको भन्दै नेपाल प्रहरीले म्यादी प्रहरीको संख्या बढाउनुपर्ने बताएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार