• शुक्रबार, भाद्र २६ २०८३

दक्षिण कोरियामा ४३ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिए, ४९ जनाको मृत्यु


सोमबार, भाद्र १३ २०७९
595
Shares

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ ।

केही दिनअघिसम्म दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर एक लाखभन्दा धेरै कम भएको छ ।

अघिल्लो हप्ता पनि औसतमा दैनिक एक लाख चार हजार नयाँ सङ्क्रमित हुने गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ९७ जना गम्भीर अवस्थामा रहेका छन् । ती मध्ये १६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार छ सय १८ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार