• सोमबार, साउन २५ २०८३

लिगलिगकोट विकास अभियानको नयाँ कार्य समितिको चयन, अध्यक्षमा संजीव


सोमबार, भाद्र १३ २०७९
775
Shares

गोरखा । लिगलिगकोट विकास अभियान नयाँ कार्य समिति चयन गरेको छ । शनिवार सम्पन्न पाँचौ साधारण सभा तथा अधिवेशनबाट संजीव रानालाई अध्यक्षमा चयन गरेको हो ।

रानाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरको हो । उपाध्यक्षमा भीमकुमारी थापा, सचीवमा सूर्यप्रसाद न्यौपाने, कोषाध्यक्ष रामकाजी कोइराला चयन भएका छन् ।

समितिको सदस्यहरुमा नरबहाुदर हमाल, तोरणबहादुर राना, भीमबहादुर विक, पार्वती हमाल र लक्ष्मी खड्का चयन भएका छन् ।

२०६५ सालमा स्थापना अभियानले लिगलिगकोट दौड आयोजना गर्नुका साथै लिगलिगकोटको संरक्षण र पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । हालसम्म १० औँ पटक लिगलिगे दौड सम्पन्न भइसकेको र अब ११ औँ लिगलिगे दौड संचालनको तयारीमा रहेको रानाले बताए ।

अभियानका अध्यक्ष रानाले लिगलिगकोटलाई आन्तरिक तथा बाह्य पर्यटकको हबका रुपमा विकास गर्न गुरुयोजना बनाएर क्रमागत रुपमा कार्यान्वय गर्दै जाने बताए । अभियानका निवर्तमान अध्यक्ष पूर्णबहादुर रानाको अध्यक्षता तथा संस्थापक अध्यक्ष गेहेन्द्र रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार