नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय रहेकाे बताइएकाे छ।
यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
