• सोमबार, साउन २५ २०८३

शहिदलखनका युवालाई इलेक्ट्रिसियन तालिम


आइतबार, भाद्र १२ २०७९
905
Shares

गोरखा । शहिदलखन गाउपालिकाले युवाहरुलाई इलेक्ट्रिसियन तालिम दिने भएको छ ।

टुगेरद फर नेपालको आर्थिक सहयोग तथा शहिदलखन गाउपालिकाको समन्वयमा तालिम दिने गाउपालिका अध्यक्ष रमेश बाबु थापा मगरले बताए ।

गाउपालिकाले १८ देखि ४० बर्षसम्मका बेरोजगार युवाहरुलाई ४५ दिने इलेक्ट्रिसियन तालिम दिन लागेको हो । गाउपालिकाले कोभिड १९ का कारणले व्यबसाय वा रोजगार गुमाएका वा बिदेशबाट फर्किएका व्यक्तिहरुलाई तालिम दिन लागेको अध्यक्ष थापा मगरले बताए ।

बिपन्न, सिमान्तकृत, दलित समुदाएका व्यक्तिहरु र हालसम्म कुनैपनि तालिमको अबसर प्राप्त नगरेका व्यक्तिहरुलाई तालिम दिन लागेको उनले बताए । उक्त तालिमको लागि आगामी भदौ २३ गतेसम्म सम्बन्धित वडामा कार्यालय समयभित्र निबेदन पेस गरिसक्नुपर्ने पालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार