• सोमबार, साउन २५ २०८३

गोरखासहित देशभरका विद्यालयमा तालाबन्दी, यस्तो छ कारण ?


आइतबार, भाद्र १२ २०७९
705
Shares

गाेरखा । विद्यालय कर्मचारी परिषद्ले गोरखासहित देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ ।

विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ ।

परिषद्का महासचिव शान्तिनाथ योगिका अनुसार उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको छ ।

 उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । उपत्यकाका विद्यालय बन्द गर्न अनुरोध गरेका छौं । त्यसको अनुगमन गर्न ४१ सदस्यीय समिति गठन गरेर बन्द नभएका विद्यालयमा ताला लगाउँछौ ।’

जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उनको भनाइ छ ।

सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार