गोरखा । लायन्स क्लव अफ गोरखा दरौँदीको सातौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं १० स्थित छेपेटारमा शुक्रबार क्वलको पदस्थापना भएको हो ।
कार्यक्रममा क्लवका वर्ष २०२१/०२२ का अध्यक्ष साजन श्रेष्ठले वर्ष २०२२/०२३ का अध्यक्ष रमेश विष्टलाई अध्यक्ष पद हस्तान्तरण गरेका थिए । क्लवका प्रथम उपाध्यक्षमा कमल नारायण श्रेष्ठ, सचिवमा सन्तोष रेग्मी र कोषाध्यक्षमा गिरिसबाबु बस्नेत चयन भएका छन् ।
पदस्थापना कार्यक्रममा डिस्टिूक गभर्नरले क्लवलाई दुई वटा ल्यापटक हस्तान्तरण गरेका थिए । सामुदायलाई प्रदान गर्नका लागि ल्यापटप हस्तान्तरण गरिएको हो । साथै क्लवमा ६ जना नयाँ सदस्य थप भएसँगै सदस्यको संख्या २३ पुगेको छ ।
कार्यक्रममा डिस्टिूक गभर्नर एव पदस्थापना अधिकृत रामबहादुर बसेलले नयाँ कार्यसमितिलाई र भिडिजी चन्द्रकुमार केसीले थपिएका नयाँ छ जना सदस्यलाई पदस्थापना गराएका थिए ।
कार्यक्रममा अध्यक्षले विष्टले आगामीको वर्ष नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । महिला सशक्तीकरण अभियान संचालन गर्ने, रक्तदान अभियान संचालन गर्ने र गोरखाको इतिहास बोकेको पालुङटारको लिगलिगकोटको पहिचानलाई थप स्थापित गर्न पर्यटन प्रवद्र्धन सम्बन्धी अभियान संचालन गर्ने उनले बताए ।
सन् २०१६ मा स्थापना भएको लायन्स क्लव अफ गोरखा दरौँदीले विभिन्न समयमा पाठेघरको मुख्यको क्यान्सर, मोतियाविन्दुको अप्रेशन शिविर, डढेलो नियन्त्रण सम्बन्धी अभियान, वृक्षरोपण, बालबालिका र मानव अधिकार लगायतका अभियान संचालन गर्दै आएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरको प्रमुख आतिथ्यता तथा पालुङटार नगरपालिकाको नगर प्रमुख विवश चिन्तनको विशेष अतिथ्यतामा भएको कार्यक्रममा डिस्टिूक गभर्नर राम बहादुर बसेलल, भिडिजी चन्द्र कुमार केसी, निवर्तमान अध्यक्ष साजन श्रेष्ठ, वर्तमान अध्यक्ष रमेश विष्ट लगायतले मन्त्व्य राखेका थिए ।