
नेपालमा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

३ हजार ५१५ कुल परीक्षण गर्दा ३२४ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।
तथ्यांकअनुसार १ हजार ६७३ पीसीआर परीक्षणमा १६३ र १ हजार ८४२ एन्टीजेन परीक्षणमा १६१ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा निको हुनेको संख्या ४१८ रहेको छ भने १ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ रहेको छ । २४ घण्टामा १५ हजार ९३४ जनाले खोप लगाएका छन् ।


