• सोमबार, साउन २५ २०८३

नेपालबाट ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत


शुक्रबार, भाद्र १० २०७९
1.1K
Shares

बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाट बिजुली लैजाने भएको छ।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा बंगलादेशले ३ महिनाभित्र ५० मेगावाटसम्म बिजुली लैजाने सहमति भएको हो।

बंगलादेशसम्म नेपालको बिजुली लैजान भारतीय भूमिको प्रयोग गर्नुपर्ने भएकाले यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय बैठक बसी टुंग्याउने निर्णय भएको छ।

सचिवस्तरीय बैठकले बंगलादेशको भेडमारा–एचपीडीसीको संरचनामा नेपालबाट ४० देखि ५० मेगावाट हाई भोल्टेज डारेक्ट करेण्ट लान सक्ने अवस्था देखिएकोले यसका लागि तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर टुंगो लगाउने निर्णय गरेको बताइएको छ।

बङ्गलादेशले यसअघि नै नेपालबाट सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने घोषणा गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार