
गोरखा। गोरखा आँबुखैरेनी सडक खण्डमा बोलेरो र स्कुटी ठोक्किदा एक जना घाईते भएको छ ।

गोरखा नगरपालिका १३ तीनकिलोमा दुर्घटना हुँदा स्वही ठाउ बस्ने स्कुटर चालक वर्ष ३७ का अमृत परियार घाईते भएको हो ।
आँबुखैरेनी जाँदै गरेको ग ३ च ८२८० नम्बरको बोलेरो र आँबुखैरेनीबाट गोरखा तर्फ आउँदै गरेको बा ६३ प २८५६ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको हो ।
घाईते परियारलाई उपचारकालागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।


