• शनिबार, साउन ९ २०८३

अत्यावस्यक सवारीलाई समस्या भयो, बाटो नछेक्नुस् : गोरखा नगरपालिका


शुक्रबार, बैशाख ५ २०७७
1K
Shares

गोरखा । लकडाउनको नाममा बाटो छेक्ने काम नगर्न गोरखा नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ ।

अत्यावस्यक सवारीहरु एम्बुलेन्स, खाध्यान्न बोकेका लगायतका सवारीलाई समस्या भएको भन्दै नगरक्षेत्रभित्रका सडकमा रुख ढाल्ने, ढुंगामुडा राख्ने, बाँस भाँटा तेस्राउने लगायतका कार्य नगर्न गोरखा नगरपालिकाले आग्रह गरेको हो ।

शुक्रबार सूचना प्रकाशति गर्दै नगरपालिकाले लकडाउनमा बाटो छेक्ने कार्यले अत्यावस्यक सवारीलाई थप समस्या भएको भन्दै नगरक्षेत्रका बिभिन्न टोलमा गरिएका अवरोध तत्काल हटाउन अनुरोध समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार