• सोमबार, साउन २५ २०८३

नवौं राष्ट्रिय खेलकुद गण्डकीका ८ जिल्लामा गर्ने तयारी, गोरखामा कवड्डी र खोखो खेल गर्न प्रस्ताव


बिहिबार, भाद्र ९ २०७९
1.4K
Shares

राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी खेलकुद परिषदले आसन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने प्रतिस्पर्धा प्रदेशका अधिकांश जिल्लामा विस्तार गर्ने तयारी गरेको छ ।

खेल पूर्वाधार भएका र खेलाडी तथा अफिसियल व्यवस्थापनको सुविधा पर्याप्त भएका स्थानमा खेलस्थल विस्तार गर्ने रणनीति राखेपले पहिलेदेखि नै लिएको हो ।

नवौं खेलकुदको खेलस्थल व्यवस्थापन उपसमितिले गण्डकीका गोरखासहित ८ जिल्लामा खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

गण्डकी प्रदेशको केन्द्र कास्कीमा एथलेटिक्स, फुटबल, क्रिकेट, पुरुष भलिबललगायत अघिकांश खेलका प्रतियोगिता आयोजना हुनेछन् । त्यसबाहेक गोरखा, म्याग्दी, स्याङ्जा, नवलपुर, गोरखा, तनहुँ र लमजुङलगायतका जिल्लामा प्रतिस्पर्धा सन्चालन गर्ने प्रस्ताव आएको छ ।

गोरखामा कवड्डी र खोखो, म्याग्दीमा महिला भलिबल, नवलपुरमा सेपाकताक्रो र कुस्ती खेल सञ्चालन गर्न प्रस्ताव गरिएको छ । तर, सम्बन्धित खेल संघले स्थलगत निरीक्षण गरेपछि मात्रै अन्तिम टुंगो लाग्नेछ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिएको छ । प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० कांस्यका लागि प्रतिस्पर्धा हुँदैछ ।

नवौं खेलकुदमा सात प्रदेश, तीन विभागीय र विभागीय टिमकै हैसियदमा गैरआवासीय नेपाली संघ गरी ११ टिमको सहभागिता रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार