
गोरखा । द्रब्यशाहा बहुमुखि क्याम्पसको ३८ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बिहिवार एक समारोह गरी बार्षिकोत्सव मनाइएको हो ।
क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष्य धिरज बहादुर मास्केको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । ०४२ साल भाद्र ८ गते स्थापना भएको क्याम्पस बुधबारदेखी ३७ बर्ष पुरा भएर ३८ बर्षमा प्रवेश गरेको हो ।



क्याम्पसले केही समय अघि गुणस्तर प्रत्यायन सुनिश्चितता(क्यूएए) प्रमाण पत्र पाएको क्याम्पसले जनाएको छ । जिल्लाको एक मात्र गुणस्तर प्रत्यायन सुनिश्चितता प्राप्त क्याम्पसमा शिक्षा संकाय, मानविकी, विविएस अध्यापन गराउदै आएको छ ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख रामचन्द्र दवाडीले क्याम्पसको शैक्षिक एबम बिबिध जानकारी दिएको थिए । बार्षिकोत्सवको अवसरमा छात्र छात्रा भलिबल, छात्र छात्रा दौड, सटफुट, म्युजिकल चियर र तिज नृत्य प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाण पत्र र मेडल पुरस्कार प्रदान गरेका थिए । विद्यार्थीहरुले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । गोरखा नगरपालिका ९ का वडाअध्यक्ष कुल बहादुर कुबरकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा क्याम्पस ब्यबस्थापन समितिका सदस्य राेलक बहादुर थापा, बिद्यार्थि र शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


