
नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सयले बढेको छ।
आज छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यसैगरी चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


