• मंगलबार, साउन २६ २०८३

गोरखामा सडक नै नभएको ठाउँमा पुल बनेपछि अख्तियारले थाल्यो छानबिन


बिहिबार, भाद्र ९ २०७९
715
Shares

गोरखा । शक्ति र पहुँचका भरमा सडक नै नभएको ठाउँमा पुल निर्माण भएको बिषय सार्वजानिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

सडकले नजोडेको ठाउँमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने दरौदी नदीमाथि बनेको पुलबारे आयोगले छानबिन अघि बढाएको हो ।

केहिदिनअघि अख्तियार दुरुपयोग आयोगले टोलीले गोरखा नगरपालिका ३ र सिरानचोक गाउँपालिका ५ जोड्ने गरी जरेबरको स्थलगत अनुगमन गरेको थियो ।

सो पश्चात आयोगले अनुसन्धानका क्रममा गोरखास्थित पूर्वाधार कार्यालयबाट कागजात समेत झिकाएको छ । त्यस्तै गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पनि कागजात मागिएको छ ।

गण्डकी प्रदेशका तत्कालिन भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आफ्नो खेत छेउमा सडक नै नभएको ठाउँमा ५ करोड ३९ लाखमा पुल निर्माण गरेपछि हाल सर्वत्र आलोचना भइरहेको छ । अन्यत्र पुल अत्यावश्यक भएको ठाउँ छाडेर मन्त्री भएका बेला बस्नेतले सत्ता र शक्तिको दुरुपयोग गरी आफ्नो जग्गाको छेउ घर, खेत नजिक पक्की पुलको योजना हालेको आरोप मन्त्री बस्नेतमाथि छ ।

छानबिनका क्रममा गोरखा स्थित पूर्वाधार कार्यालय र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीलाई पनि बयानका लागि आयोगले बोलाइएको छ । पुल निर्माण सम्पन्न हुने चरणमा पुग्दासम्म दुवैतर्फ सडकले पुललाई जोडेको छैन ।

नारेश्वरतर्फ करिब सय मिटर दूरीमा सडक आइपुगेको छ । सडकबिनै पुल बनेको भन्दै सर्वत्र आलोचना भएपछि नारेश्वरतर्फ पुल र सडकबीचमा रहेको झाडी फाँडिएको छ । पुलको जरेवरतर्फ स्थानीयको खेत छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार