
बलिउड अभिनेता अमिताभ बच्चन दोस्रो पटक कोरोना संक्रमित भएका छन्।
बच्चनले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो।
उनले आफूसँग निकट रहेका र सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन अपीलसमेत गरेका छन्।
यसअघि सन् २०२० को जुलाईमा बच्चन परिवारलाई नै कोरोना संक्रमण भएको थियो।


