
गोरखा। तिजको दर खाँदा गोरखामा झण्डै एक सय जना बिरामी परेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ७ स्थित मान्द्रेढुङ्काको स्थानीय महिला र पुरुष सबै तिजको दर खाँदा बिरामी परेका हुन् ।
उनिहरुले कृष्ण जन्म अष्टमीका दिन तिजको दर खाएका थिए । भोज खाएपछि बिरामी परेकाहरुलाई शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको थियो ।



भोज खाएकाहरु बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मीहरुले लगेर उपचार गरिएको वडाध्यक्ष बिष्णु श्रेष्ठले बताए। चेकजाँच गराएका मध्ये ३ जनालाई स्लाइन पानी नै चढाउनुपर्ने अबस्थामा रहेको र बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आबश्यक औषधी उपचार गरिएको उनले बताए ।
बिरामी परेकाहरु अहिले बिस्तारै निको हुदै गएको स्वास्थ्यकर्मीको भनाई छ । भोजमा पुलाउ, अचार, तरकारी र मासुको परिकार खाएका थिए । उक्त खानेकुरामा केहि बिकार उत्पन्न भई उनीहरु बिरामी भएको हुनसक्ने स्वास्थ्यकर्मिहरुको ठहर छ ।
बिरामी भएका मध्ये अधिकांसको गोरखा सदरमुकाममा रहेको नीजि क्लिनिक र केही आफै गोरखा अस्पताल पुगेर उपचार गराइरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।


