• मंगलबार, साउन २६ २०८३

तीज कार्यक्रम खर्चिलो र भड्किलो नगर्न गोरखा प्रशासनको आग्रह


बुधबार, भाद्र ८ २०७९
790
Shares

गाेरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो र भड्किलोरूपमा नगर्न आग्रह गरेको छ ।

विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो ।

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन गर्नेबाहेक अन्य कुनै खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ ।

ऐन नियमको विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलोरूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमहरु गरे गराएमा कानूनबमोजिम कारवाही हुनेसमेत सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार