• मंगलबार, साउन २६ २०८३

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने गोरखाका भट्ट पक्राउ


मंगलबार, भाद्र ७ २०७९
810
Shares

गोरखा। सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने गोरखाका महेश भट्ट पक्राउ परेको छ ।

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने बोर्लाङका ३७ वर्षीय भट्ट र नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङलाइ जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो ।

मङ्गलवार प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगीको आरोपमा उनिहरुलाई पक्राउ गरेको काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनाली बताए ।

काठमाडौँका प्रहरी उपरीक्ष मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै रु तीन लाख माग गरेकामा रु एक लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार