बेलायतको लन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक ६० वर्षीय लक्ष्मण श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
श्रेष्ठसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ।
पुर्ख्यौली घर स्याङ्जाबाट पोखरा सरेका श्रेष्ठ लामो समयदेखि लन्डनको प्लमस्टिडमा बस्दै आएका थिए।
उपचारकै क्रममा बुधबार बिहान लन्डनस्थित गाइज अस्पतालनमा श्रेष्ठको मृत्यु भएको पासा पुच युकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठले बताए।