
गोरखा। मिटरब्याजपीडितलाई प्रमाणसहित उजुरी गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

गृह मन्त्रालयले भदौ ६ गते जारी गरेको सूचनालाई आधार बनाएर गोरखा प्रशासनले आज मङ्गलबार सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आग्रह गरेको हो ।
जारी सूचना अनुसार पिडितहरुले जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चुडानिधि तिवारीको फोन नम्मर ९८५६०५७७८० र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शोम ढकालको नम्मर ९८५१२८३७७७ वा १०० मा फोन गरी उजुरी दर्ता गराउन सक्ने छन् ।
जिल्ला प्रशासन कार्यालय गाेरखाकाे सुचना



