• मंगलबार, साउन २६ २०८३

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित भएकाेमा चिन्ता


मंगलबार, भाद्र ७ २०७९
875
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ ।

सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको छ ।

यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार