• मंगलबार, साउन २६ २०८३

६ जिल्लाका १० ठाउँमा शंकास्पद वस्तु, ५२ बन्दकर्ता पक्राउ


मंगलबार, भाद्र ७ २०७९
585
Shares

काठमाडौं । ६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा शंकास्पद वस्तु फेलापरेको हो ।

शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लाबाट ५२ बन्दकर्तालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए।

काठमाडौं उपत्यकालगायत केही ठाउँमा सवारीसाधनमा तोडफोड र आगजनी भएको उनले बताए । देशभर बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार