• शनिबार, साउन ९ २०८३

कोरोना शंकास्पद देखिएका गोरखा आरुघाटका दुबै जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’


बुधबार, बैशाख ३ २०७७
1K
Shares

गोरखा । ¥यापिड टेष्टका क्रममा शंकास्पद लक्षण देखिएका गोरखा आरुघाटका दुई जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार २० जनामा ¥यापिड टेष्ट गर्दा उनिहरु दुई जनामा शंकास्पद लक्षण देखिएको भन्दै आरुघाट गाउँपालिकाले स्वाब परिक्षणका लागि क्षेत्रिय ल्याब पोखरा पठाएको थियो ।

उनिहरुको स्वाब परिक्षणका क्रममा कोरोनाको लक्षण नेगेटिभ देखिएको जानकारी ल्यावका एक प्रतिनिधीले टेलिफोनमा जानकारी गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले सिभिलखबरलाई बताए ।

बहराइनबाट फागुन २३ गते आएका एक पुरुषको ¥यापिड टेष्टका क्रममा पोजेटिभ लक्षण देखिएको थियो ।

त्यस्तै दुबईबाट चैत ४ गते आएकाको भने परिक्षणका क्रममा ननरियाक्टिभ देखिएकाले स्वाब परिक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

उनिहरु दुवै आरुघाट ५ आरुअर्बाङका रहेको र उनिहरुको परिवारका अन्य सदस्यहरुको समेत ¥यापिड टेष्टको तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार