• सोमबार, साउन ११ २०८३

६ हजार ६४३ मा कोरोना परीक्षण गर्दा ६५८ लाई संक्रमण


सोमबार, भाद्र ६ २०७९
615
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६५८ जनामा संक्रमण पुष्टि भएको हो।  

६ हजार ६४३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

३ हजार ३८१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२९६ जना सक्रिय संक्रमित छन्।

४५६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार