• शुक्रबार, भाद्र २६ २०८३

गोरखाका एकसहित गण्डकीमा तीन जना मृत भेटिए


सोमबार, भाद्र ६ २०७९
655
Shares

गोरखा। गोरखाका एकसहित गण्डकी प्रदेशको कास्की, पर्वत र म्याग्दी जिल्लामा आइतबार तीन जना मृत भेटिएका छन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला लेवाङस्थित बाटोमा गोरखा अजिरकोट गाउँपालिका–४ घर भई हाल टुण्डी हाईड्रोपावरमा काम गर्ने ४५ वर्षीय होमनाथ दवाडी मृत अवस्थामा फेला परेका हुन् ।

कास्कीमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का २८ वर्षीय राज कुमार सुनार मृत अवस्थामा फेला परेका छन्। कास्कीको पोखरा महानगरपालिका–१४ कदम मार्गस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन्।

यस्तै, पर्वतको पैयुँ गाउँपालिका–७ भोर्ले बस्ने ९२ वर्षीया नन्दी देवी भट्टराई सोही ठाउँस्थित सेती खोलाको किनारमा मृत अवस्थामा फेला परेकी छन्। घरबाट कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेकोप्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार