
गोरखा। गोरखा अस्पतालमा हेमोडायलासिस सेवासुरु हुने भएको छ ।
मृगोैलाको बिरामीहरुलाई लक्षित गरि भदौ ७ गतेदेखि उक्त सेवा सुरु गर्न लागेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

कोरोना माहामारी कम भएको र अस्पतालपनि नया भबनमा सरे लगतै जिल्लामै पहिलोपटक डायलासिस सेवा सुरु गरिएको उनले बताए । डायलासिस गराईरहेका बिरामीलाई भदौ ६ गते सोमवार अस्पताल प्रशासन शाखामा बिहान १० देखि ५ बजेभित्र नामदर्ता गराउन भनिएको छ ।
अस्पतालले बिरामीको सुविधा र सजिलोकालागि पूर्व सुचना जारी गरेको जनाएको छ । गोरखा अस्पतालमै हेमोडायलासिस सेवा नियमित संचालन गर्दा उपचार सेवा लिन अन्यत्र जानुपर्नेहरुलाई सहुलिय र सजिलो हुने अस्पतालले जनाएको छ ।


