• मंगलबार, असोज १३ २०८३

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट केहि समयमा आउने


बुधबार, बैशाख ३ २०७७
1.8K
Shares

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा रहेका तीन सय जनाको कोरोना परीक्षण गरिएको छ।

पहिलो चरणमा संक्रमित भेटिएका ‘ए’ ब्लकका २ सय ४२ जना र उनीहरुकोमा आउजाउ गरेका गरी जम्मा तीन सय जनाको र्‍यापिड टेस्ट गरिएको हो।

उनीहरुको रिपोर्ट आधिकारिक रुपमा केही समयपछि दिने स्वास्थ्य सेवा विभागले जनाएको छ।

सनसिटी अपार्टमेन्टका ४ सय ८० फ्ल्याटमा एक हजार ८८ जना छन्। पहिलो चरणको रिपोर्टपछि अरुको परीक्षण के गर्ने भन्ने स्वास्थ्य सेवा विभागले निर्णय गर्नेछ।

बुधबार संक्रमिण भेटिएका परिवारको घरमा कार्यरत दुई जनाको पनि परीक्षण गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार