• शुक्रबार, भाद्र २६ २०८३

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?


सोमबार, भाद्र ६ २०७९
675
Shares

नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ।

सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको छ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ।

चाँदी आज प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार